अनेमसंघ कर्णालीको अध्यक्षमा लक्ष्मी कार्की निर्विरोध निर्वाचित

सुर्खेत- अखिल नेपाल महिला संघ (अनेमसंघ) कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट लक्ष्मीकुमारी कार्की निर्विरोध निर्वाचित भएकी छिन् । मंगलबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले कार्कीको अध्यक्षतामा ३७ सदस्यीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कोकिलाकुमारी सिंह, कविता भुसाल गिरी, सचिवमा लक्ष्मीकुमारी शाही, सहसचिवमा पवित्रा केसी र कोषाध्यक्षमा मनिसा परियार निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा बिमला थापा, टीका अधिकारी, धनसरा बोहरा, बिमला खड्लुक, रत्ना थापा, रिना पोखरेल, अमृता सिंह, मेनका महत, द्रोपती थापामगर, नन्दाकुमारी विष्ट, पदमकुमारी विष्ट, खिमा डांगी रहेका छन् । त्यस्तै पुतला खड्का, बुद्धाकुमारी केसी, अबिसरा देवकोटा, पम्फा शाही, चन्द्रकला सुनार, मानकुमारी चन्द, मञ्जु राना क्षेत्री, छिरिंग पुटिंग लामा, कलि बुढा, अम्बाकुमारी शाही, लिला पुन, पाल्जु रोकाया, खिन्दुमाया कार्की चयन भएका छन् । त्यस्तै ४० वर्ष मुनीको कलष्टरबाट कस्तुरा थापा, मुगा मल्ल र दलित कलस्टरतर्फ मनशोभा कामी सदस्य चयन भएका छन् ।

सोमबार उद्घाटन भएको अधिवेशनमा अनेमसंघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, एमाले केन्द्रीय सचिव यामलाल कँडेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । अनेमसंघले अधिवेशन सम्पन्न गर्न संघकी केन्द्रीय सचिव मिनासिं रखालको नेतृत्वमा अध्यक्षतामण्डल र पार्टी प्रदेश कमिटी उपसचिव रविन्द्रराज शर्माको नेतृत्वमा निर्वाचन समिति गठन गरेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,