सुर्खेतका तीन होटललाई ‘थ्री स्टार’ लोगो प्रदान

तिलक पौडेल

सुर्खेत– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छताका आधारमा गरेको मूल्यांकनमा सुर्खेतको सिद्धार्थ सनि रिर्सोट प्रालिसहित तीन होटल ‘क’ वर्गमा परेका छन् । होटल, रेष्टुरेन्ट तथा मिठाई पसलहरुको स्तरीकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम सिद्धार्थ, शुभ होटल र बज रेष्टुरेन्टलाई ‘क’ अर्थात अति उत्तम (३ स्टार) मापन गरिएको हो ।

कार्यालयले केही दिनयता सुर्खेतका होटलहरुको अनुगमनका साथै स्तरीकरण काम थालेको थियो । कार्यालय प्रमुख भेषबहादुर थापाले निर्देशिका बमोजिम होटल तथा रेष्टुरेन्ट र मिठाइ पसलहरुको भान्साको अवस्था, स्वच्छता, सरसफाई लगायतलाई आधार मानेर चार वर्गमा वर्गीकरण गर्दै आएको छ । तीमध्ये सुर्खेतका तीन होटल अति उत्तम अर्थात ‘क’ वर्गमा परेका हुन ।

‘क’ वर्गलाई ‘थ्री स्टार’ स्तरीकरण चिन्ह प्रदान गरिएको छ । वर्गीकरणमा परेका होटललाई एक वर्षका लागि लोगो प्रदान गरिएको छ । एक वर्षपछि पुनः अनुगमन गर्दा स्वच्छता मापदण्ड अनुसार नभए स्तरीकरण लोगो जफत हुनेछ । कार्यालयले होटल व्यवसायीलाई स्तरीकरणसम्बन्धी निर्देशिकाबारे जानकारी गराएपछि स्थलगत अनुगमन तथा स्तरीकरण गरेको हो । अनुगमन तथा मूल्यांकनका क्रममा सुर्खेतका तीन होटल तथा रेष्टुरेन्टमात्र ‘क’ वर्गमा पर्न सफल भएका हुन ।

५० वटा खाद्य स्वच्छताका विभिन्न सूचकहरुमा गरिएको स्तरिकरणमा होटलहरुलाई अतिउत्तम (३ स्टार), उत्तम (२ स्टार), सन्तोषजनक (१ स्टार) र सामान्य वर्गीकरण गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अधिकांश होटलहरुले न्यूनतम सूचक पनि पुरा नगरेको जनाएको छ । ‘होटल स्तरीकरण विशेषतः होटलको भान्सा र त्यहाँ बन्ने विभिन्न खाद्य परिकारको स्वच्छताको आधारमा प्रदान गरिएको हो,’ कार्यालय प्रमुख थापाले भने, ‘होटल तथा रेष्टुरेन्टहरुले सामान्य खाद्य सुरक्षालाई ध्यान नदिएको पाइएकाले त्यस्ता होटललाई एक हप्ता भित्र सूचकहरु पुरा गर्न निर्देशन पनि दिएका छौं ।’

कार्यालयका अनुसार ३ स्टार प्राप्त गर्ने सिद्धार्थ होटल, शुभ होटल र बज रेष्टुरेन्ट, चकटी लाउन्जले उत्तम (२ स्टार) प्राप्त गरेको छ । साथै १० होटलहरु कौसिक गार्डेन, सेभ च्वाइस, होटल निर्माणा, होटल नमस्ते नेपाल, बगैचा कटेज, भिनन्टेज किचेन एण्ड बार, होटल डि–नमस्ते, थकाली रेष्टुरेन्ट, टास्क इन प्रालि, होटल भ्याली भ्यू) ले सन्तोषजनक (१ स्टार) प्राप्त गरेका छन् । विभिन्न १० होटलहरुले सामान्य सूचक पनि पुरा नगरेको पाइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,