निकुञ्ज घटना : पाँचै जना सिकारीहरु भारततर्फ फरार भएको खुलासा

तस्बिर : एआई

सुर्खेत– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएका सुर्खेतका छ जना युवाहरु हराएको खबर सोमबार सनसनी फैलियो । इनिसा विक घटनाले देशभर माहौल तताइरहेका बेला सुर्खेतबाटै प्रहरीलाई तनाव दिने गरी घटनाको १० दिनपछि सार्वजनिक भयो ।

सिकारीहरुको समूहका एक जना टोपबहादुर खत्रीको भरुवा बन्दुक पड्केर मृत्यु भएपछि अन्य पाँच जना घटना ढाकछोप गर्न भारततर्फ लागेको खुलेको छ । ३३ वर्षीय टोपबहादुर बराहताल १ का बासिन्दा हुन् । अहिले उनको शवको खोजीमा मंगलबार बिहानैदेखि बर्दिया निकुञ्जको टोलीका साथै नेपाली सेना र प्रहरी परिचालित छन् निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार सम्भावित क्षेत्रमा ड्रोन क्यामेराको प्रयोग गरी खोजी कार्यलाई तीव्र बनाइएको छ । घटनास्थल निकुञ्ज कार्यालयबाट करिब १७ कोष उत्तरतर्फ पर्ने दुर्गम क्षेत्रमा पर्दछ ।

फागुन २३ गते बराहताल गाउँपालिका–१ का पाँच जना र लेकवेशी नगरपालिका–८ का एक जना गरी छ जनाको समूह सिकार खेल्ने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा प्रवेश गरेको थियो । उनीहरू भरुवा बन्दुक र घरेलु हातहतियार बोकेर करिब १७ किलोमिटर पैदल यात्रा गर्दै घना जंगल क्षेत्रसम्म पुगेका थिए । सिकार टोलीमा रेशम समसेली, रविलाल दमाई, रामबहादुर घर्ती, सुनिल समसेली, टोपबहादुर खत्री र दुर्गाबहादुर सिञ्जाली थिए । स्थानीयका अनुसार उनीहरू मौका छोपेर यसअघि पनि सिकार खेल्न गइरहन्थे । सिकारीको समूह सुगुरखाल नजिकको रातिमाटे क्षेत्रमा पुगेका बेला भरुवा बन्दुक पड्किँदा टोपबहादुर खत्रीको मृत्यु भएको बताइएको छ । यद्यपि बन्दुक कसले बोकेको थियो, वा कसरी घटना भयो भन्नेबारे विस्तृत खुलेको छैन् ।

घटनापछि बाँकी पाँच जना भने तत्कालै घर फर्किए । उनीहरूले आ–आफ्ना परिवारका सदस्यलाई घटनाबारे कसैलाई नभन्न आग्रह गर्दै सोही दिन भारततर्फ लागेको खुलेको छ । घटनाबारे कसैलाई नभन्न भनेपनि सिकारमा सहभागी सुनिल समसेलीकी आमाले टोपबहादुरका भिनाजु आसे महतारालाई घटनाबारे जानकारी गराइन् । महताराले घटनाबारे प्रहरी चौकी रानिघाटलाई जानकारी गराए । त्यसपछि मात्रै प्रहरीले घटनाबारे औपचारिक रूपमा जानकारी पायो र खोजी प्रक्रिया सुरु गरियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक सूचना प्राप्त हुनासाथ सोमबारदेखि प्रहरी टोली खटाइएको जानकारी दिए । बर्दिया प्रहरीसँग समन्वय गर्दै संयुक्त खोजी अभियान सुरु गरिएको छ, उनले भने ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,