पानस साउदी अरबको सहयोगमा विपन्न बालबालिकालाई ज्याकेट वितरण

सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरबको सहयोगमा वीरेन्द्रनगर ९ सुर्खेतका विपन्न बालबालिकालाई ज्याकेट वितरण गरिएको छ ।


वडा कार्यालयको संयोजनमा मंगलबार राप्रपा नेतृ एवं कर्णाली प्रदेश सांसद सन्तोषी शाही ठकुरीले ज्याकेट वितरण गरेकी हुन् । वीरेन्द्रनगर ९ का शिव मावि लाटीकोइली, कोपिला मावि पर्सेनी र नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनीचोकमा अध्ययनरत बालबालिकालाई ज्याकेट वितरण गरिएको थियो । स्कूलमा अध्ययनरत र स्कूलबाहिरका समेत गरी ८५ जना अति विपन्न बालबालिकालाई ज्याकेट वितरण गरिएको थियो ।


प्रदेश सांसद शाहीले वडा कार्यालय र सम्बन्धित स्कूलहरुमा पुगेर ज्याकेट प्रदान गरेकी थिइन् । पानस साउदी अरबका पूर्वी क्षेत्रीय अध्यक्ष सन्दीप कार्की, पानस साउदी अरबका अध्यक्ष कुवेर हुमागाई र रियाद साउदीका क्षेत्रीय अध्यक्ष अमर सापकोटाको पहलमा ज्याकेट वितरण गरिएको हो ।

राप्रपाको केन्द्रीय विदेश विभागका सचिवसमेत रहेकी प्रदेश सांसद शाहीले अति विपन्न बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी न्यानो कपडा (ज्याकेट) उपलब्ध गराएकोमा प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गरिन् । वीरेन्द्रनगरको समग्र विकासका साथै यहाँका अति विपन्न समुदायको हितको पक्षमा आफूले विशेष ध्यान दिने उनको भनाई छ ।


ज्याकेट वितरण कार्यक्रममा वडा नं ९ का अध्यक्ष ऋषि गिरी, राप्रपा नेताहरु भीमबहादुर शाही, सूर्यबहादुर शाही, पार्वती पाल, सुनिल श्रेष्ठ लगायत उपस्थित थिए । त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिकाहरुको सहभागिता थियो । वडाध्यक्ष गिरीले अति विपन्न बालबालिकालाई न्यानो ज्याकेट वितरण गरेकामा प्रदेश सांसद शाही र राप्रपालाई धन्यवाद व्यक्त गरे । वडाको विकासमा प्रदेश सांसद शाहीको महत्वपूर्ण भूमिका रहेको भन्दै रोकिएका विकास आयोजना अघि बढाउन वडाध्यक्ष गिरीले ज्ञापनपत्रसमेत बुझाएका थिए ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,