एमयूको १७ औं सभा : आव २०८२/८३ का लागि १ अर्ब ३६ करोड ७७ लाख बजेट पारित

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा (सिनेट) बैठक आज (सोमवार) प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार काठमाडौंमा सम्पन्न भएको छ ।


प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गरे । सभामा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलद्धारा प्रस्तुत आव. २०८२/०८३ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव पारित भयो । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि कूल बजेट १ अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये पूँजीगततर्फ ४६ करोड २५ लाख र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजार सहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले मुलुकका सबै विश्वविद्यालयमा एकरुपता कायम हुने गरी पहिलोपटक आर्थिक वर्ष प्रारम्भ हुनु अगावै सिनेट बैठकको परम्परा शुरु गरेको बताए । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण सभाको बाँकी कारबाही सञ्चालन गर्ने गरी सभाध्यक्षताको जिम्मेवारीमा रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तले विश्वविद्यालय शिक्षालाई विज्ञान प्रविधि एवं सामाजिक आवश्यकतासँग जोडेर पाठ्यक्रम निर्माण गर्न सुझाव दिए ।

सभामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, विश्वविद्यालय सभाका सदस्य समेत रहेका राष्ट्रियसभा सदस्य माननीय नरबहादुर विष्ट, वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल लगायत सभासद तथा आमन्त्रित महानुभावहरुको उपस्थिति थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,