
सुर्खेत- पश्चिम नेपालकै फुटबल इतिहासमा पहिलो पटक “ए” डिभिजन स्तरको पहिचान बनाउँदै राष्ट्रिय लिग फुटबल प्रतियोगिता–२०८२ मा स्थान बनाउन सफल कर्णाली प्रदेशको एक मात्र क्लब काँक्रेविहार क्लब सङ्ग केल्मी सोरुम सुर्खेतले एक वर्षे प्रायोजन सम्झौता गरेको छ।
सम्झौता केल्मी सोरुम सुर्खेतका म्यानेजिङ डाईरेक्टर तेजु पाण्डे र काँक्रेविहार क्लबका अध्यक्ष रमेश रायमाझी बीच भएको हो। सम्झौता अनुसार केल्मी सोरुम सुर्खेतले क्लबलाई आवश्यक खेल सामग्री तथा प्रायोजन सहयोग गर्नेछ।
काँक्रेविहार क्लबले राष्ट्रिय लिगमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै इतिहास रच्न लागेको अवस्थामा भएको यस सम्झौताले खेलाडीहरूको मनोबल बढाउने र क्लबको तयारीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। क्लब अध्यक्ष रायमाझीले कर्णालीको फुटबललाई राष्ट्रियस्तरमा चिनाउने अभियानमा निजी क्षेत्रको सहयोग महत्त्वपूर्ण रहेको बताउँदै केल्मी सोरुम सुर्खेतप्रति आभार व्यक्त गरे।
केल्मी सोरुम सुर्खेतका सञ्चालक पाण्डेले कर्णाली प्रदेशका युवालाई खेलकुदमा प्रेरित गर्न सकारात्मक प्रभाव पार्ने विश्वासका साथ प्रायोजन गरिएको बताए ।


कर्णाली समय । २७ पुष २०८२, आईतवार १७:१४