मदिरा सेवन गरी अधिवक्ताको परीक्षामा सहभागी भएपछि…

सुर्खेत– नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षामा मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गर्ने एक परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–५ निवासी ४५ वर्षीय नगेन्द्रबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार थापा वीरेन्द्रनगर नगरपालिका–१३, गुप्तीपुरस्थित श्री अमर ज्योति नमुना मावि परीक्षा केन्द्रमा ३३ औँ अधिवक्ता तहको परीक्षा दिन आएका थिए । उनी मदिराको तालमै परीक्षा दिन गएका थिए ।

उनले परीक्षा सञ्चालनमा बाधा पु¥याएको र होहल्ला गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको र मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । ‘मापसे गरी परीक्षाको वातावरणमा खलल पु¥याएकाले निजलाई नियन्त्रणमा लिएका छौं, डीएसपी बुढथापाले भने, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,