सुर्खेत– नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षामा मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गर्ने एक परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–५ निवासी ४५ वर्षीय नगेन्द्रबहादुर थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार थापा वीरेन्द्रनगर नगरपालिका–१३, गुप्तीपुरस्थित श्री अमर ज्योति नमुना मावि परीक्षा केन्द्रमा ३३ औँ अधिवक्ता तहको परीक्षा दिन आएका थिए । उनी मदिराको तालमै परीक्षा दिन गएका थिए ।
उनले परीक्षा सञ्चालनमा बाधा पु¥याएको र होहल्ला गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको र मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । ‘मापसे गरी परीक्षाको वातावरणमा खलल पु¥याएकाले निजलाई नियन्त्रणमा लिएका छौं, डीएसपी बुढथापाले भने, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’

कर्णाली समय । २४ श्रावण २०८२, शुक्रबार २१:२१