कर्णालीका जनताको जीवनस्तर उकास्न सरकारको एक्लो प्रयासले सम्भव छैन् : मुख्यमन्त्री कँडेल

सुर्खेत– मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानी अनुसार कर्णाली प्रदेशले प्रतिफल पाउन नसकेको बताएका छन् । सोमबार कर्णालीमा कार्य क्षेत्र भएका विकास साझेदारहरुसंगको छलफलमा मुख्यमन्त्री कँडेलले कर्णालीलाई दातृ निकायले उच्च प्राथमिकतामा राखेपनि यहाँ भइरहेको कार्यक्रमले आशातित सफलता हासिल गर्न नसकेको बताए ।


‘हाम्रा दातृ निकायहरुको सहयोग अनुसार जति परिवर्तनको महशुस गनुपर्ने हो, कर्णालीका नागरिकले परिवर्तनको महशुस गर्न सकेको अवस्था म देख्दैन,’ उनले भने, ‘कहाँनेर समस्या छ, किन लगानी अनुसार प्रतिफल प्राप्त गर्न सकेका छैनौं, अब त्यसतर्फ सोच्नुपर्ने देखिएको छ ।’ अवसरको खोजीमा कर्णालीका गाँउहरु रित्तिदै गएको अवस्थाप्रति चिन्ता प्रकट गर्दै मुख्यमन्त्री कँडेलले दातृ संस्थाका प्रतिनिधिहरुलाई रोजगारीको लागि विदेसिने परिस्थिति अन्त्य हुनुपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको विगतदेखिको लामो अनुभव रहेको चर्चा गर्दै अहिलेका नीतिले आशातित परिवर्तन हासिल गर्न नसकिए आवश्यक परे नीतिसमेत बदल्न पुर्नविचार गर्नुपर्ने धारणा राखे । मुख्यमन्त्री कँडेलले भने, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका कार्यक्रमलाई एकिकृत रुपमा लैजान सके ठूलो उपलब्धी हासिल हुन सक्छ ।’
जनताको जीवनस्तर माथि उठाउन सरकारको मात्र एक्लो प्रयासले सम्भव नहुने भन्दै मुख्यमन्त्री कँडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपर्युक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।

मुख्यमन्त्री कँडेलले सोमबार सुर्खेतस्थित संघीय कार्यालयका प्रमुखसंग छलफल गर्दै कर्णाली प्रदेशमा भइरहेका कामको बारेमा जानकारी लिएका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,