सुर्खेत कारागारमा निःशुल्क स्वास्थ्य शिविर

सुर्खेत- कर्णाली प्रदेश प्रहरी अस्पताल र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको संयुक्त आयोजनामा कारागार कार्यालय सुर्खेतमा रहेका कैदी बन्दीहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रा.प्रहरी नायब उपरीक्षक डा. श्यामकृष्ण लौडारी, प्रा. प्रहरी निरीक्षक डा. विवेक पन्थीका साथै अन्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूबाट कारागारमा रहेका ४४५ जना कैदी बन्दीहरूमध्ये २१३ जनाको निःशुल्क स्वास्थ्य चेकजाँच, औषधि वितरण तथा स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य परीक्षण गराउनेहरुमा पुरूष १८५, महिला २७ र आश्रीत बालक १ जना थिए ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी माधवप्रसाद श्रेष्ठ, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाही, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टाफिक व्यवस्थापन कार्यालयका प्रमुख भावेश रिमाल, कर्णाली प्रदेश प्रहरी गणका प्रमुख प्रेमसागर के.सी, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका सचिव भुमिका तारामी घर्ती मगर, कारागार प्रशासक लक्ष्मी खरेल लगायतको उपस्थिति रहेको थियो ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,