यस्तो छ कर्णाली प्रहरीको दसैं–तिहार सुरक्षा योजना

सुर्खेत–चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ । प्रदेश प्रहरी कार्यालयले प्रहरी कार्यालयहरुबाट १ हजार ३६९ वटा ड्यूटीमा ४ हजार ५७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईका अनुसार सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ३२३ स्थानमा मोवाईल गस्ती, क्यूआरटी र पैदल गस्ती समेत गरिनेछ । २० स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ भने १२ स्थानमा कर्डन एण्ड सर्च तोकिएको छ । साथै १०२ वटा क्युआरटी परिचालन गरिएको छ भने ६८ वटा चेक प्वाइन्टहरुमा नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ ।

आकस्मिक घटनाहरुको लागि १७ वटा टोलीमा १३४ जना प्रहरीलाई स्टेण्ड वाई खटाइएको छ । साथै ८३ वटा स्थानमा ट्राफिक सहितको संयुक्त चेकिङको थालनी भइरहेको छ । सवारी साधनको लागि बिशेष चेकिङ (लामो दुरीको सवारी चेकिङ (२ वटा चालकको व्यवस्था) २४ स्थानमा भइरहेको छ ।

सहज यातायातका लागि ६१ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चोरी, तस्करी, लागुऔषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रणको चेकिङका लागि १८ स्थानमा सुरक्षा व्यवस्था गरिएको छ । ‘झै–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे, लापसे नियन्त्रण गर्ने उद्देश्यसहित थप ६६ स्थानमा प्रहरी परिचालन गरिएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनिय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन, बँैक तथा वित्तिय संघसंस्थाहरुमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरु समेतलाई पुर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन् नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्डसमेतलाई लक्षित गरी सुरक्षा योजना बनाई लागु गरिएको हो ।’



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,