मुगु घटना : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा

सुर्खेत- मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर–६ मन्दु गाउँमा एकै परिवारका चार जनाको मृत्युबारे अनुसन्धान गर्न प्रहरीको विशेष टोली घटनास्थल पुगेको छ । शुक्रबार घरमै २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज‚ ८ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको विभत्स शव भेटिएको थियो ।


सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको कुकुरसहितको विशेष टोली घटनास्थलमा पुगेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालका अनुसार घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु पुगेर अनुसन्धान थालिसकेको छ ।

सुर्खेतबाट अनुसन्धानका लागि वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को कुकुरसहितको अनुसन्धान टोली खटिएका छन् । शुक्रबार बिहान ९ बजे घटनाको खबर पाउनासाथ विस्तृत विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतक आमा छोराछोरीसहित ७ गते बिहान दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राती हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शुक्रबारदेखि दिनभरिजसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटनास्थललाई सिल गरी पहरा दिइरहेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,