जापानका पाँच सहरमा कर्णाली सांगितिक साँझ हुँदै

सुर्खेत– जापानको टोकियो, ओकिनावासहित पाँच वटा सहरमा ‘कर्णाली सांगीतिक साँझ २०२५’ हुने भएको छ । कर्णाली प्रदेश समाज जापानको आयोजना तथा सुदूरपश्चिमेली नेपाली समाज र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (जापान शाखा) को सह–आयोजनामा ती सहरमा विशेष सांगितिक साँझ हुन लागेको हो ।


टोकियो र ओकिनावा सहरका लागि मिति र स्थान टुंगो लागिसकेको आयोजकले जनाएका छन् । टोकियोस्थित तोसिमा सिभिक सेन्टर हलमा अप्रिल २९ मा तथा ओकिनावास्थित आरजे हल याचुयामामा मे ४ तारिखमा साँझ ६ बजेदेखि सांगितिक कार्यक्रम तय भएको हो । आयोजकका अनुसार कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको कला, संस्कृति र संगीतको प्रवद्र्धन तथा जगेर्ना गर्ने उद्देश्यले विशेष सांगितिक साँझ गर्न लागिएको हो ।

सांगितिक साँझका मुख्य आकर्षकका रूपमा लोकप्रिय कलाकार चक्र बम, इब्सल सञ्ज्याल र उद्घोषक उत्तम शर्माको विशेष प्रस्तुति रहनेछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव रहेका उद्घोषक शर्मा अभिनय र नृत्यमा प्रसिद्ध छन् । कर्णाली क्षेत्रका विपन्न तथा सीमान्तकृत बालबालिकाहरूको शिक्षा र स्वास्थ्य सेवा प्रवद्र्धनका लागि सहयोगार्थ कार्यक्रम आयोजना गरिएको हो । यसले नेपाली कला–संस्कृतिको संरक्षण गर्दै सामाजिक सेवामा पनि योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,