जापानका पाँच सहरमा कर्णाली सांगितिक साँझ हुँदै

सुर्खेत– जापानको टोकियो, ओकिनावासहित पाँच वटा सहरमा ‘कर्णाली सांगीतिक साँझ २०२५’ हुने भएको छ । कर्णाली प्रदेश समाज जापानको आयोजना तथा सुदूरपश्चिमेली नेपाली समाज र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (जापान शाखा) को सह–आयोजनामा ती सहरमा विशेष सांगितिक साँझ हुन लागेको हो ।


टोकियो र ओकिनावा सहरका लागि मिति र स्थान टुंगो लागिसकेको आयोजकले जनाएका छन् । टोकियोस्थित तोसिमा सिभिक सेन्टर हलमा अप्रिल २९ मा तथा ओकिनावास्थित आरजे हल याचुयामामा मे ४ तारिखमा साँझ ६ बजेदेखि सांगितिक कार्यक्रम तय भएको हो । आयोजकका अनुसार कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको कला, संस्कृति र संगीतको प्रवद्र्धन तथा जगेर्ना गर्ने उद्देश्यले विशेष सांगितिक साँझ गर्न लागिएको हो ।

सांगितिक साँझका मुख्य आकर्षकका रूपमा लोकप्रिय कलाकार चक्र बम, इब्सल सञ्ज्याल र उद्घोषक उत्तम शर्माको विशेष प्रस्तुति रहनेछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव रहेका उद्घोषक शर्मा अभिनय र नृत्यमा प्रसिद्ध छन् । कर्णाली क्षेत्रका विपन्न तथा सीमान्तकृत बालबालिकाहरूको शिक्षा र स्वास्थ्य सेवा प्रवद्र्धनका लागि सहयोगार्थ कार्यक्रम आयोजना गरिएको हो । यसले नेपाली कला–संस्कृतिको संरक्षण गर्दै सामाजिक सेवामा पनि योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।