वीरेन्द्रनगरमा औद्योगिक प्रर्दशनी जारी

`सुर्खेत- लघु घरेलु तथा साना उद्यमीहरुको उत्पादन प्रवद्र्धन, बजारीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि शुरु तीन दिने प्रादेशिक औद्योगिक प्रदर्शनी जारी छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा आयोजित प्रदर्शनी वीरेन्द्रनगर–७ स्थित लघु औद्योगिक ग्राममा सञ्चालित छ । प्रर्दशनीमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका लघु तथा घरेलु उद्योगीहरुले आफ्ना उत्पादनहरुको स्टल राखेको छन् । शनिबार प्रर्दशनीको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, उर्जा तथा जलस्रोतमन्त्री विजया बुढा, प्रमुख सचिव वीरेन्द्रकुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव रवि लामिछाने लगायतले अवलोकन गरेका थिए ।

प्रदर्शनीमा १० वटै जिल्लाबाट ६० भन्दा बढी उद्योगहरू सहभागी छन् । निर्देशनालयका निर्देशक देविलाल सापकोटाले स्थानीय कच्चा पदार्थ परम्परागत प्रविधि, उद्योगबाट उत्पादित वस्तुको प्रर्वद्धन र बजारीकरण भइरहेको बताए । उद्योग प्रर्दशनी, सांस्कृतिक प्रस्तुति र मूल्यांकन पश्चात प्रर्दशनी आइतबार समापन हुनेछ ।

खाद्य प्रशोधन, प्राङ्गारिक मल, ढाका, च्याउ, आरन, हर्बल चिया, मह, छालाजन्य उत्पादन, अल्लो, वैकल्पिक ऊर्जा बहुमूल्य पत्थर आदि उद्योगका उत्पादनहरु प्रर्दशनीमा राखिएका छन् ।

458



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,