वर्षाले देशका २४ राजमार्ग अवरूद्ध

सुर्खेत-कर्णाली लगायत देशका अधिकांश स्थानहरुका वर्षा भइरहेको छ । वर्षाका कारण आएको बाढी तथा पहिरोले कर्णाली लगायत देशभरका २३ वटा राजमार्गहरु पूर्ण अवरुद्ध भएका छन् ।


कुल एक सय ४७ राजमार्गहरु मध्ये ७३ वटा एकतर्फी र ५१ वटा सडकहरु दुवैतर्फ सुचारु रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । वर्षाका कारण कर्णाली राजमार्गको कालिकोटको पिली, हुल्म, डोल्पा सडक खण्डको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अछामको तासी बजार, बुढाबगरमा अवरुद्ध छ । सिद्धार्थ राजमार्गको बेलहिया–भैरवा–बुटवल–वर्तुङ, राम्दी–स्याङ्जा–पोखरा खण्ड स्याङ्जाको गैराथोकमा अवरुद्ध छ । पुष्पलाल (मध्य पहाडी) राजमार्ग सिन्धुलीको अक्करे र खुदुलेमा अवरुद्ध बनेको छ ।

यस्तै, अमेलिया–तुल्सिपुर–सितलपाटी–थारमारे–मुसीकोट सल्यानमा अवरुद्ध बनेको छ । तानसेन–रिडी–करेला सडक खण्ड म्याग्दीको सिरुवारीमा अवरुद्ध छ । तौलिहवा–गोरुसिङ्ग–सन्धिखर्क सडक अर्घाखाचिको नरपानीमा अवरुद्ध छ ।

अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास गरिएको भएपनि भारी वर्षाका कारण समस्या भइरहेको सडक विभागले जनाएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,