हरिमायाले ल्याइन्, तीज कोशेली ‘पार्वता’

सुर्खेत– गायिका हरिमाया कार्कीले ‘पार्वता’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । सुर्खेतको स्थानीय मौलिकता झल्किएको तीज कोशेली हरिमाया कार्की अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हरिमायाकै स्वर, शब्द रहेको गीतमा संगित एरेन्ज खेमराज गौतमले गरेका छन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा कलाकार चन्द्र मन्दिर, कृष्णराज धमाला, निरक वम, थिरबहादुर खत्री, सीता भण्डारी, एकिन्द्रा थापा केसी, तुलसी शाही, करिष्मा सिंह ठकुरी, सिर्जना परियार लगायतको अभिनय छ ।
गीतको भिडियो सुर्खेतको भुरेली, कोलडाँडा, देउतीबज्यै लगायत स्थानमा छायाँकन गरिएको छ ।निर्मल प्याकुरेलले सम्पादन गरेको भिडियोमा सविता रानाको मेकअप, हरिराम रोकायाले लाइट व्यवस्थापन र भरत कुमालको छायाङ्कन रहेको भिडियोमा चन्द्र मन्दिरले निर्देशन गरेका छन् ।

गीतमा छोरीलाई आमा बुवाले दिएको घरमा विहे गरी जानुपर्ने अवस्थामा सबैभन्दा नजिकको साथीलाई बिहेको निर्णय गर्नु अघि मनको अन्योल चिर्न मिल्ने साथीलाई सोध्नुपरेको अवस्था चित्रण गरिएको छ । सिंगापुरे लाहुरे घरमा माग्न आएको अवस्थामा घरपरिवार सबैले विहे गरिदिने बचन दिएपछि आफुले के निर्णय लिने भन्नेबारे मिल्ने साथी पार्वतालाई सोधेको दृश्य लगभग पुरै गीतमा झल्किएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्,



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,