पूर्वाधारलाई प्राथमिकतामा राख्दै बराहताल गाउँपालिकाले ल्यायो ६३ करोड बजेट

सुर्खेत – बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६३ करोड ६ लाख ९६ हजार ५० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १९औँ गाउँसभामा उपाध्यक्ष लक्ष्मी पुन मगरले बजेट प्रस्तुत गर्दै विकास निर्माण र पूर्वाधारलाई प्राथमिकता दिइएको जानकारी दिइन्।

गाउँपालिकाले कुल बजेटमध्ये ६८ प्रतिशत पुँजीगत तथा ३२ प्रतिशत चालु खर्चका लागि विनियोजन गरेको छ। बजेटले पूर्वाधार विकास, सेवा प्रवाह सुधार तथा स्थानीय आवश्यकतामा आधारित कार्यक्रमलाई केन्द्रमा राखेको जनाएको छ।

यद्यपि, बजेट संरचनाले गाउँपालिकाको वित्तीय अवस्था अझै पनि संघीय र प्रदेश सरकारको अनुदानमा अत्यधिक निर्भर रहेको देखाएको छ। कुल ६३ करोडभन्दा बढीको बजेटमध्ये गाउँपालिकाको आन्तरिक आय केवल २ करोड ५७ लाख ८२ हजार १४६ रुपैयाँ मात्र अनुमान गरिएको छ, जुन कुल बजेटको करिब चार प्रतिशत हो।

गाउँपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट १ करोड १० लाख २२ हजार १ सय रुपैयाँ, दहत्तर–बहत्तर शुल्कबाट ७२ लाख ६० हजार रुपैयाँ तथा चालु आर्थिक वर्षको बैंक मौज्दातबाट ७५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ १५ करोड ८३ हजार रुपैयाँ र कर्णाली प्रदेश सरकारबाट २३ लाख ८४ हजार ९ सय ४ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै संघीय सरकारबाट ११ करोड ७८ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान, २४ करोड ८७ लाख रुपैयाँ सशर्त अनुदान (चालु), ६६ लाख रुपैयाँ सशर्त अनुदान (पुँजीगत) तथा १ करोड ७० लाख रुपैयाँ समपूरक अनुदान प्राप्त हुने गरी कुल ४८ करोड १ लाख रुपैयाँ वित्तीय हस्तान्तरण हुने प्रक्षेपण गरिएको छ।

कर्णाली प्रदेश सरकारबाट १ करोड ४५ लाख १० हजार रुपैयाँ समानीकरण अनुदान, २६ लाख ८६ हजार रुपैयाँ सशर्त अनुदान (चालु), २ करोड ५ लाख रुपैयाँ सशर्त अनुदान (पुँजीगत), ५० लाख रुपैयाँ विशेष अनुदान तथा १ करोड ९१ लाख ५० हजार रुपैयाँ समपूरक अनुदान प्राप्त हुने उल्लेख गरिएको छ।

उपाध्यक्ष पुनले सीमित आन्तरिक स्रोतका बाबजुद उपलब्ध स्रोत–साधनलाई अधिकतम उपयोग गर्दै विकास निर्माण, सेवा प्रवाह र स्थानीय जनताको जीवनस्तर सुधारमा केन्द्रित भएर बजेट तर्जुमा गरिएको बताइन्। गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,