सुर्खेत–नेपाली फिल्म ‘जुलेबी’की अभिनेत्री हुन, मोनिका थापा । फिल्म भदौ १ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा अहिले उनको चर्चा र व्यस्तता बढ्न थालेको छ । उनले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
एन्थोलोजी जनरामा निर्माण भएको फिल्ममा ४ महिला पात्रको मुख्य भूमिका छ । ती मध्यकी एक हुन् मोनिका । अस्कर कलेज अफ फिल्म स्टडिजबाट अभिनयमा स्नातक गरेकी छिन् । त्यसपछि उनको अभिनयको यात्रा सुरु भएको हो ।
केही टिभी एडमा खेलेपछि मोनिकाको फिल्म यात्रा सुरु भएको हो । त्यसबेला जुलेबी फिल्मको अडिसन हुन लागेको कुरा आफ्नो साथी मार्फत थाहा पाएकी थिइन् । र उनी अडिसन दिन गएकी थिइन । लगातारको ५ हप्तासम्म अडिसन दिएपछि उनलाई निर्माण टिमले छनोट गरेको थियो । निर्देशकले सिनारियो क्रेट गराएर एक्ट गराउँदा अडिसनमा आफुलाई उक्त भूमिकामा अभिनय गर्न सक्छु भन्ने लागेको र सजिलो भएको अनुभव सुनाइन् ।
चुलबुले चञ्चल क्यारेक्टर चाहिएको हुँदा निर्देशकले उक्त भूमिकामा उपर्युक्त ठानेर आफुलाई छनोट गरेको कुरा मोनिकाले बताइन । लगातारको अडिसनपछि आफु छानिँदा उनी उत्साहित संगै भावुक पनि भएकी थिइन् । उनको अभिनयले फिल्म टिमको मन पनि जितेको थियो । यसरी उनी जुलेबीमा आवद्ध भएकी हुन् । उक्त फिल्म यही भदौ १ गते नेपालभरका सिनेमा घरमा प्रर्दशन हुुदैछ । आउने दर्शकको प्रतिक्रियालाई लिएर मोनिका नर्भस पनि छिन र उत्साहित पनि । भर्सटायल एक्टरको रुपमा उनी आफुलाई चिनाउन चाहन्छिन ।


कर्णाली समय । ३० श्रावण २०८०, मंगलवार १२:५८