‘सेतो छडी प्रयोग गर्नेका लागि सडक असुरक्षित’

सुर्खेत–वीरेन्द्रनगरमा ६१ औं अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस मनाइएको छ । नेपाल नेत्रहिन संघ कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा नेपाल पत्रकार महासंघ, गैसस महासंघ कर्णाली प्रदेश र सुशासन प्रर्वद्धनका लागि युवा संस्थाको समन्वयमा बुधबार सेतो छडी सुरक्षा दिवस मनाइएको हो ।

नेत्रहिन संघले ¥यालीमा सहभागी सरोकारवालाई सेतो छडीको प्रयोग गर्न, सडक कति सुरक्षित छ भन्ने अनुभव लिन आँखामा पट्टी लगाएर हिँड्न लगाएको थियो । सो क्रममा मंगलगढीदेखि सुरु ¥याली आँखामा पट्टी बाँधेर सेतो छडीको सहायतामा हिँडेर पिपलचौतारा पुगेको थियो । कार्यक्रममा गैसस महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसी, इन्सेक प्रदेश संयोजक नारायण सुवेदी, पत्रकार महासंघका प्रदेश सचिव अशोक राजी, दृष्टिविहिन अगुवा सोमना खड्काले वीरेन्द्रनगरका सडक दृष्टिविहिनमैत्री नभएको धारणा राखे । सडक छेउ पार्किङ र अनियन्त्रित सवारीसाधन लगायतका कारण समस्या भोग्नुपरेको उनीहरुको भनाई थियो ।

नेपाल नेत्रहिन संघका कार्यक्रम संयोजक रिता चन्दले समाजमा दृष्टिविहिन व्यक्तिहरुले सामना गर्नुपर्ने चुनौतीबारे जनतालाई सचेत गराउने र समावेशी वातावरण प्रर्वद्धन गर्ने उद्देश्यले दिवस मनाउन थालिएको बताइन् । सेतो छडी सुरक्षा दिवस दृष्टिविहिन व्यक्तिहरुका लागि स्वतन्त्रताको प्रतिकका रुपमा सेतो छडीकको महत्वबारे चेतना जगाउन मनाइने वार्षिक दिवस हो ।

यो दिवसले दृष्टिविहिन व्यक्तिहरुको अधिकार, सुरक्षित पैदल यात्राको आवश्यकता र सबैका लागि पहुँच र सम्मानको महत्वमा जोड दिन्छ । यो पहिलोपटक १९६४ अक्टुबर १५ मा संयुक्त राज्य अमेरिकामा सेतो छडी सुरक्षा दिवस मनाइएको थियो भने नेपालमा सन् १९८१ देखि सेतो छडीको प्रयोग सुरु भयो । यो हरेक वर्ष अक्टुवर १५ मा मनाइन्छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,