‘सेतो छडी प्रयोग गर्नेका लागि सडक असुरक्षित’

सुर्खेत–वीरेन्द्रनगरमा ६१ औं अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस मनाइएको छ । नेपाल नेत्रहिन संघ कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा नेपाल पत्रकार महासंघ, गैसस महासंघ कर्णाली प्रदेश र सुशासन प्रर्वद्धनका लागि युवा संस्थाको समन्वयमा बुधबार सेतो छडी सुरक्षा दिवस मनाइएको हो ।

नेत्रहिन संघले ¥यालीमा सहभागी सरोकारवालाई सेतो छडीको प्रयोग गर्न, सडक कति सुरक्षित छ भन्ने अनुभव लिन आँखामा पट्टी लगाएर हिँड्न लगाएको थियो । सो क्रममा मंगलगढीदेखि सुरु ¥याली आँखामा पट्टी बाँधेर सेतो छडीको सहायतामा हिँडेर पिपलचौतारा पुगेको थियो । कार्यक्रममा गैसस महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसी, इन्सेक प्रदेश संयोजक नारायण सुवेदी, पत्रकार महासंघका प्रदेश सचिव अशोक राजी, दृष्टिविहिन अगुवा सोमना खड्काले वीरेन्द्रनगरका सडक दृष्टिविहिनमैत्री नभएको धारणा राखे । सडक छेउ पार्किङ र अनियन्त्रित सवारीसाधन लगायतका कारण समस्या भोग्नुपरेको उनीहरुको भनाई थियो ।

नेपाल नेत्रहिन संघका कार्यक्रम संयोजक रिता चन्दले समाजमा दृष्टिविहिन व्यक्तिहरुले सामना गर्नुपर्ने चुनौतीबारे जनतालाई सचेत गराउने र समावेशी वातावरण प्रर्वद्धन गर्ने उद्देश्यले दिवस मनाउन थालिएको बताइन् । सेतो छडी सुरक्षा दिवस दृष्टिविहिन व्यक्तिहरुका लागि स्वतन्त्रताको प्रतिकका रुपमा सेतो छडीकको महत्वबारे चेतना जगाउन मनाइने वार्षिक दिवस हो ।

यो दिवसले दृष्टिविहिन व्यक्तिहरुको अधिकार, सुरक्षित पैदल यात्राको आवश्यकता र सबैका लागि पहुँच र सम्मानको महत्वमा जोड दिन्छ । यो पहिलोपटक १९६४ अक्टुबर १५ मा संयुक्त राज्य अमेरिकामा सेतो छडी सुरक्षा दिवस मनाइएको थियो भने नेपालमा सन् १९८१ देखि सेतो छडीको प्रयोग सुरु भयो । यो हरेक वर्ष अक्टुवर १५ मा मनाइन्छ ।