सिद्धार्थ ग्रुपको २७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

सुर्खेत- सिद्धार्थ होटल सुर्खेतले आफ्नो २७ औं वार्षिकोत्सवका अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा होटलका कर्मचारी, स्थानीय व्यक्ति र बैंक कर्मचारी लगायतले रक्तदान गरेका थिए ।

त्यस्तै विश्व क्यान्सर दिवसका अवसरमा सिद्धार्थ ग्रुपले क्यान्सर रोकथामको अभियानलाई सघाउने भएको छ । क्यान्सर रोकथामलाई मद्दत पुग्ने छिटै योजना सार्वजनिक गर्ने सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले जनाएको छ ।