३ सचिवको पदस्थापना

सुर्खेत– कर्णाली मन्त्रिपरिषद् बैठकले तीन प्रदेश सचिवलाई पदस्थापना गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले हालै प्रदेशमा सरुवा भई आएका तीन सहसचिवलाई प्रदेश सचिवका रुपमा पदस्थापन गरेको हो ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार पूर्णमान श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग, अर्जुन गौतम र ढोलकराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय खटाइने निर्णय भएको छ । त्यस्तै बैठकले संघीय समपुरक तथा विशेष अनुदान माग गर्ने, वन विकास कोषमा रकम सुनिश्चितता गर्ने निर्णय गरेको छ ।