दुग्ध उत्पादन र मूल्य श्रृंखलासम्बन्धी सीपमूलक तालिम सम्पन्न

सुर्खेत– वीरेन्द्रनगर २ दौलतपुरका दुग्ध उत्पादक किसानका लागि दुग्ध उत्पादन र मूल्य श्रृंखलासम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । देउती मल्टि कन्सल्टिङ कन्सल्टेन्सी प्रालिको आयोजना र सनराइज बैंक सुर्खेत शाखाको आर्थिक सहयोगमा शुक्रबार तालिम सम्पन्न भएको हो ।


तालिममा २७ जना साना दुग्ध उत्पादक महिला कृषकहरुको सहभागिता थियो । जेठ ८ देखि शुरु भएको तालिममा प्रमुख प्रशिक्षकका रुपमा कृषि क्षेत्र विकास कार्यक्रमका वित्त विज्ञ तर्कराज जोशी र देउती मल्टि कन्सल्टिङ कन्सल्टेन्सीका कार्यकारी निर्देशक सुरेश कुमार थापा रहनुभएको थियो । तालिममा वित्तीय साक्षरताका साथै दुग्ध उत्पादनसंग सम्बन्धित गाईभैंसीको पोषण, स्वास्थ्य, दुग्ध उत्पादनका परिकारहरुका बारेमा प्रशिक्षण दिइएको थियो ।

तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गरे नगरेको अनुगमन गर्ने, सनराइज बैंकले तालिम लिएका कृषकको शुन्य बचतमा खाता खोली सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने प्रतिवद्धता जनाइएको छ । तालिम समापनमा सनराइज बैंकका प्रदेश कार्यालय प्रमुख धरमबहादुर विष्टले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको नमूना कार्यक्रम भएकाले यो सफल हुने विश्वास व्यक्त गर्नुभयो । यो कार्यक्रम सफल भएपछि अन्य जिल्लामा पनि लागू गरिने उहाँको भनाई थियो ।

पशुरोग अन्वेषण प्रयोगशालाका प्राविधिक देवीराम कँडेलले पशु स्वास्थ्य र सन्तुलित आहारका बारेमा प्रकाश पार्नुभएको थियो । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापा, कार्यालय प्राविधिक पुजा शर्मा, पशु विकास अधिकृत प्रचण्ड खड्काले प्रशिक्षण दिनुभएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,