कर्णालीमा नमूना बाल संसद् अभ्यास

सुर्खेत–संसदीय व्यवस्थालाई जानकारी दिने उद्देश्यले कर्णाली प्रदेशमा बाल संसद् अभ्यास कार्यक्रम सम्पन्न भएको छ । संघीय बाल संसद् कार्यक्रम अन्तर्गत संघीय संसद् सचिवालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा नमूना संसद् अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

नमूना बाल संसदमा कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निभाएका थिए । संसद बैठकजस्तै देखिने दृश्यमा सभामुखले बाल सांसदहरुलाई विषेश समय दिएर पालै पालो बोल्न दिनुभएको थियो । सासंदहरुले देशको समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, बालबालिकाका अधिकारका क्षेत्रमा आफ्ना धारा र प्रश्न राखेका थिए । त्यसपछि प्रधानमन्त्री र मन्त्रीहरुले सम्बन्धित सांसदहरुले सोधेको प्रश्नको जवाफ दिए । सांसदहरुले मर्यादित भएर सदनमार्फत सरकारको ध्यानआकर्षण मात्रै गराएन नै उनीहरुले सरकारको आलोचना समेत गर्न भ्याए । त्यस्तै सदनमा कर्णालीमा रहेको बालबिहाह, कुप्रथा, विकास निर्माणका कार्यहरू, देशको समसामयिक राजनीतिक घटनाक्रम, बालअधिकार लगायतका विषयमा आआफ्ना धारणा तथा प्रश्नहरू राखेका थिए ।

सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरिएको थियो । बाल संसद् अभ्यासका प्रशिक्षक रमेश पौडेल र वीरेन्द्रबहादुर कार्कीले सदनमा मर्यादित भएर आफ्ना कुरा कसरी राख्ने, सत्तापक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिने लगायतका कुरा सिकाउनु भएको थियो । संसदीय व्यवस्थामा जनताको नाममा प्रवाह हुने सेवाका बारेमा जानकारी दिन बाल संसद् अभ्यासले धेरै सहयोग पुग्ने संघीय संसद् सचिवालयका सचिव डा.भोजराज पाण्डेको भनाइ थियो । संसद् सचिवालयका उप–सचिव बबिता मिश्रले चार दिवसीय नमूना बाल संसद् अभ्यास कार्यक्रम मार्फत नेपालको संसदीय अभ्यासबारे जानकारी गराउने तथा नेतृत्व विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।

नमूना संसद् अभ्यास कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका २१ विद्यालयबाट ५० जना बालबालिकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य अम्मरबहादुर थापा, विनिता कठायत लगायत कर्णाली प्रदेशका सासंदहरुको सहभागिता रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,