कर्णाली प्रदेश अस्पतालमा क्यान्सरको उपचार हुने

सुर्खेत- प्रदेश अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच सम्झौता भएसंगै अब कर्णाली प्रदेशमै क्यान्सरको निदान र उपचार सेवा सञ्चालन हुने भएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको उपस्थितिमा मंगलबार दुई अस्पतालका बीच उपचार सेवासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा. डा. डम्बर खड्काले सेवा विस्तारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

संघीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४–२०३०) तयार पारित गरिसकेको छ । सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रदेश अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । त्यस्तै सुर्खेत प्रादेशिक अस्पतालले आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्नेछ । सरकारको क्यान्सर नियन्त्रण रणनीतिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने जिम्मेवारी तोकेको थियो । रणनीति कार्यान्वयनका लागि संघीय स्वास्थ तथा जनसंख्या मन्त्रालयले कार्यविधिसमेत पारित गरिसकेको छ ।

कर्णालीमा सेवा विस्तार हुने भएसँगै यहाँका नागरिकलाई प्राण घातक रोग क्यान्सरको उपचार गर्न अन्यत्र प्रदेश धाउन पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,