खेलकुद र संगीतका सामान अब एकै ठाउँमा

सुर्खेत- वीरेन्द्रनगरको न्युरोडमा खेलकुद र संगीतका सामानहरु एकै ठाउँमा पाउने गरी पसल सञ्चालनमा ल्याइएको छ । व्यवसायी मञ्जुल अधिकारी र महेश अधिकारीले सुर्खेत स्पोर्ट्स एण्ड म्युजिक हाउस सञ्चालनमा ल्याएका हुन् ।

पसलमा खेलकुद र संगीत क्षेत्रका सबै प्रकारका सामानहरु राखिएको छ । पसलको शुक्रबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले उद्घाटन गरे । उनले खेलकुद क्षेत्रमा गरिएको लगानीको प्रशंसा गर्दै व्यवसायिक सफलताको शुभकामना दिए । खेलुकदका सामान लिन काठमाडौं र भारतीय सहरसम्म जानुपर्ने बाध्यता रहेको भन्दै उपाध्यक्ष हमालले यस्तो व्यवसाय सञ्चालनले शुलभ मूल्यमा सहजै सामान पाउने अवस्था सिर्जना भएको बताए ।

कर्णाली प्रदेशको वीरेन्द्रनगरमा हुने आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी सुर्खेत स्पोर्ट्स एण्ड म्युजिक हाउस सञ्चालनमा ल्याइएको जनाइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,