खेलकुद र संगीतका सामान अब एकै ठाउँमा

सुर्खेत- वीरेन्द्रनगरको न्युरोडमा खेलकुद र संगीतका सामानहरु एकै ठाउँमा पाउने गरी पसल सञ्चालनमा ल्याइएको छ । व्यवसायी मञ्जुल अधिकारी र महेश अधिकारीले सुर्खेत स्पोर्ट्स एण्ड म्युजिक हाउस सञ्चालनमा ल्याएका हुन् ।

पसलमा खेलकुद र संगीत क्षेत्रका सबै प्रकारका सामानहरु राखिएको छ । पसलको शुक्रबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले उद्घाटन गरे । उनले खेलकुद क्षेत्रमा गरिएको लगानीको प्रशंसा गर्दै व्यवसायिक सफलताको शुभकामना दिए । खेलुकदका सामान लिन काठमाडौं र भारतीय सहरसम्म जानुपर्ने बाध्यता रहेको भन्दै उपाध्यक्ष हमालले यस्तो व्यवसाय सञ्चालनले शुलभ मूल्यमा सहजै सामान पाउने अवस्था सिर्जना भएको बताए ।

कर्णाली प्रदेशको वीरेन्द्रनगरमा हुने आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी सुर्खेत स्पोर्ट्स एण्ड म्युजिक हाउस सञ्चालनमा ल्याइएको जनाइएको छ ।