वीरेन्द्रनगरमा भोलि कर्णाली लिटरेचर फेष्टिभल

वीरेन्द्रनगरमा मंगलबार ‘कर्णाली साहित्य महोत्सव’ हुँदैछ । फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीको आयोजनामा सञ्चालन हुने एक दिने साहित्य महोत्सवमा पठन संकृतिबारे बहस-विमर्श, पुस्तक प्रदर्शनी र लेखन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

कर्णाली साहित्य महोत्सव सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरुसँगको समन्वय र सहकार्यमा कर्णालीमा पहिलो पटक गर्न लागिएको हो । महोत्सवको उद्घाटन कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गर्ने कार्यक्रम रहेको छ ।

साहित्य महोत्सवका संयोजक नवराज केसीले कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकासमा यसले टेवा पुर्‍याउने बताए । ‘महोत्सवमा कर्णालीका बारेमा विभिन्न विधामा लेखिएका पुस्तकहरुको खोजी, संकलन र प्रर्दशनी गरिनेछ, लेखक र पाठकसँग सम्बन्ध विस्तार हुनेछ,’ उनले भने, ‘कर्णालीमा लेख्ने, प्रकाशन गर्ने र पढ्ने परिपाटीलाई प्रेरित गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको छ ।’

महोत्सवका आयोजकसमेत रहेका लेखक माधव चौलागाईले साहित्य महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त लेखकहरुलाई आमन्त्रण गरिएको जानकारी दिए । महोत्सवले पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्ने बताइएको छ ।

साहित्यकार देवकी तिमिल्सेनाले खस भूमि कर्णालीमा आयोजना हुने कर्णाली साहित्य महोत्सवले विश्व पुस्तक दिवसको अवसर पारेर हरेक वर्ष बैशाख ११ गते निरन्तरता दिने बताइन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,