‘वित्तिय स्रोत समस्या होइन, कस्तो ठाउँमा परिचालन गरियो भन्ने हो’

सुर्खेत- संघीय सरकारको अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले तीन तहका सरकारलाई स्रोत अभाव समस्या नभई त्यसको परिचालन कस्तो ठाउँमा भएको छ भन्ने तथ्यले अर्थ राख्ने बताएका छन् ।

शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौं संस्करणमा शक्तिको सोपान बाँडफाँटदेखि विकास सत्रमा बोल्दै सचिव उपाध्यायले कतिपय संरचना प्रदेशमा हस्तान्तरण नभएको उल्लेख गर्दै वित्तिय स्रोत कुनै पनि तहका सरकारका लागि समस्या नभएको बताए । ‘संघबाट कतिपय संरचनाहरु प्रदेशमा हस्तान्तरण भएका छैनन् । स्रोत आफैमा समस्या होइन । परिचलान कस्तो ठाउँमा गरियो भन्ने विषय महत्वपूर्ण हो,’ उनले भने ।

नेपालको संघीयता मोडेलमा केन्द्रले नीति तथा मार्गदर्शन तयार गर्ने, प्रदेशले आवश्यक योजना बनाएर स्रोत परिचालन गर्ने र स्थानीय तह सेवा प्रवाहको हब हुनुपर्नेमा अझै त्यसो हुन नसकेको उनले बताए । संघीयताको यहीँ मोडल प्रभावकारी कार्यान्वयन हुनसके मात्रै संघीयता बलियो हुने उनले दावी गरे । संघीय सरकारले संविधानमा व्यवस्था भए अनुसार नै कर्णालीलाई वित्तिय स्रोत व्यवस्थापन गर्दै आएको उनले बताए ।

यस्तै, सत्रका वक्ता पूर्वअर्थमन्त्रीसमेत रहेका कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले आन्तरिक स्रोत बलियो रहेका प्रदेशसँग जोडेर कर्णालीलाई हेर्न नहुने बताए । संघीय सरकारले प्रदेशलाई आवश्य पर्ने कतिपय कानुनकै नबनाई दिएकै कारण बजेट कार्यान्वयनमा समस्या भइरहेको उनको भनाई थियो ।

विष्टले भने, ‘संघीयताको परिभाषामा सबै प्रदेश सामथर््ययूक्त हुँदैनन । कमजोर प्रदेशलाई विशेष अनुदान दिएर माथि उठाउनु पर्दछ । अर्बौ उठाउने प्रदेशसँग कर्णालीलाई जोडेर हेर्न मिल्दैन । पछाडि परेका प्रदेश र स्थानीय तहलाई अघि ल्याउन विशेष अनुदानको व्यवस्था गरिएको हो । सोही बमोजिम संघीय सरकारले विशेष अनुदान वितरण गर्नु पर्दछ ।’ संघीय सरकारले लाभ लिनसक्ने आयोजना निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेमात्रै प्रदेशको सामथर््य बढ्ने उनको दावी छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,