भोटेकोशी विपत्तिका पीडितका लागि कर्णाली केयर अस्पतालद्वारा साढे पाँच लाख सहयोग

सुर्खेत- भोटेकोशी क्षेत्रमा भएको विपत्तिमा ज्यान गुमाउनेहरूप्रति कर्णाली केयर अस्पताल परिवारले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारको पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।

अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख ५५ हजार ५ सय ५५ सहयोग उपलब्ध गराएको जनाएको छ । विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै अस्पतालले पीडित परिवारको दुःखमा साथ दिन सहयोग रकम प्रदान गरेको हो ।

कर्णाली केयर अस्पतालले उक्त सहयोगलाई आर्थिक सहयोगभन्दा पनि विपत्तिबाट प्रभावित परिवारप्रतिको गहिरो समवेदना, मानवीय नाता र सामाजिक उत्तरदायित्वको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ । अस्पताल परिवारले विपत्तिको कठिन घडीमा पीडितहरू एक्लो नरहेको भन्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएको छ ।

अस्पतालले विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,