कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ १० गतेदेखि

सुर्खेत– कर्णाली प्रदेशसभाको आगामी अधिवेशन जेठ १० गते बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रदेशसभाको दोस्रोे अधिवेशन जेठ १० गते दिउँसो ३ बजेदेखि शुरु हुने जानकारी दिनुभयो । यस अधिवेशनलाई बर्खे अधिवेशन, बजेट अधिवेशनका रुपमा लिने गरिन्छ । यस अधिवेशनमा मुख्य रुपमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट पारित हुने गर्दछ । २०७९ पुस १८ गतेदेखि शुरु भएको प्रदेशसभाको पहिलो अधिवेशन २०८० बैशाख १७ गते अन्त्य भएको थियो ।