कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ १० गतेदेखि

सुर्खेत– कर्णाली प्रदेशसभाको आगामी अधिवेशन जेठ १० गते बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रदेशसभाको दोस्रोे अधिवेशन जेठ १० गते दिउँसो ३ बजेदेखि शुरु हुने जानकारी दिनुभयो । यस अधिवेशनलाई बर्खे अधिवेशन, बजेट अधिवेशनका रुपमा लिने गरिन्छ । यस अधिवेशनमा मुख्य रुपमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट पारित हुने गर्दछ । २०७९ पुस १८ गतेदेखि शुरु भएको प्रदेशसभाको पहिलो अधिवेशन २०८० बैशाख १७ गते अन्त्य भएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,