यति एअरलाइन्सको सुर्खेत र धनगढीमा परीक्षण उडान

सुर्खेत– निजी वायु सेवा कम्पनी यति एअरलाइन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान गरेको छ ।

नेपालगञ्जबाट उडेको यतिको ९ एन एएमएन एटिआर ७२ विमानले सुर्खेत र धनगढी विमानस्थलमा सफल परीक्षण उडान गरेको यति एअरलाइन्सले जनाएको छ ।
परीक्षण उडानमा रहेको उक्त विमानलाई यति एअरलाइन्सका प्रशिक्षक पाइलटद्धय समर्थरत्न तुलाधार र राजु राजवंशीले उडान भरेका थिए । परीक्षण उडानको नेपाल नागरिक उड्डयन प्राधिकरण र यतिका प्राविधिक टोलीले सुपरीवेक्षण गरेका थिए । परीक्षण उडानको रिर्पोटका अनुसार नियमित उडान गर्ने तयारी छ ।

यति एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज कुमार विष्टले यात्रुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउँदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य रहेको बताए । हाल यती एअरलाइन्सले ७ वटा एटिआर ७२ विमान मार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरु गर्दै आएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,