यति एअरलाइन्सको सुर्खेत र धनगढीमा परीक्षण उडान

सुर्खेत– निजी वायु सेवा कम्पनी यति एअरलाइन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान गरेको छ ।

नेपालगञ्जबाट उडेको यतिको ९ एन एएमएन एटिआर ७२ विमानले सुर्खेत र धनगढी विमानस्थलमा सफल परीक्षण उडान गरेको यति एअरलाइन्सले जनाएको छ ।
परीक्षण उडानमा रहेको उक्त विमानलाई यति एअरलाइन्सका प्रशिक्षक पाइलटद्धय समर्थरत्न तुलाधार र राजु राजवंशीले उडान भरेका थिए । परीक्षण उडानको नेपाल नागरिक उड्डयन प्राधिकरण र यतिका प्राविधिक टोलीले सुपरीवेक्षण गरेका थिए । परीक्षण उडानको रिर्पोटका अनुसार नियमित उडान गर्ने तयारी छ ।

यति एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज कुमार विष्टले यात्रुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउँदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य रहेको बताए । हाल यती एअरलाइन्सले ७ वटा एटिआर ७२ विमान मार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरु गर्दै आएको छ ।