
सुर्खेत- कर्णाली प्रदेशमा सुरक्षा तथा निगरानी प्रविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित आज Hikvision सम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । Neoteric Nepal Pvt. Ltd. को कर्णाली प्रदेशका लागि हिकभिजन नेपालको आधिकारिक वितरक क्वीक कम्प्युटर सोलुसनको आयोजनामा सम्पन्न कार्यक्रममा ५० भन्दा बढी पुनर्विक्रेता तथा जडानकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा हिकभिजन नेपालका पश्चिम नेपाल बिक्री प्रबन्धक दिवस भट्टराई तथा प्राविधिक सहयोग इन्जिनियर सन्दिपराज लवटले सहजीकरण गरेका थिए । हिकभिजनका नवीनतम निगरानी प्रविधि, सुरक्षा समाधान, उत्पादनको गुणस्तर, बजार रणनीति तथा प्राविधिक सहयोग सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी पुनर्विक्रेता तथा जडानकर्ताहरूले पनि बजारको अवस्था, ग्राहकको आवश्यकता तथा आगामी सम्भावनाबारे आफ्ना अनुभव र सुझाव साझा गरेका थिए ।
त्यसैगरी Neoteric Nepal Pvt. Ltd. का आदेशकुमार झा र सुमित मिश्राले नेपालको निगरानी प्रविधि बजारमा हिकभिजन तथा EZVIZ ब्राण्डप्रति बढ्दो विश्वास, बजार विस्तार तथा आगामी योजनाबारे जानकारी दिए । क्वीक कम्प्युटर सोलुसनका सञ्चालक धर्मराज भण्डारीले यस्ता कार्यक्रमहरूले प्रदेशभरका व्यवसायी, पुनर्विक्रेता तथा जडानकर्ताबीच समन्वय, सहकार्य र प्राविधिक ज्ञान आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी अधिकांश व्यवसायीहरूले कर्णाली प्रदेशमा सुरक्षा प्रविधिको माग तीव्र रूपमा बढिरहेको तथा हिकभिजन ब्राण्डप्रति ग्राहकको विश्वास पनि मजबुत बन्दै गएको बताएका थिए । आगामी दिनमा अझ प्रभावकारी सेवा, प्राविधिक सहयोग तथा बजार विस्तारमार्फत हिकभिजन ब्राण्डलाई कर्णाली प्रदेशभर थप विस्तार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्ण अतिथि, पुनर्विक्रेता, जडानकर्ता तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
Hikvision विश्वका अग्रणी सुरक्षा तथा निगरानी प्रविधि ब्राण्डहरूमध्ये एक हो । यो ब्राण्ड विशेषगरी CCTV क्यामेरा, भिडियो निगरानी प्रणाली, स्मार्ट सुरक्षा समाधान, बायोमेट्रिक पहुँच नियन्त्रण, तथा AI आधारित सुरक्षा उपकरणका लागि परिचित छ । Hikvision ले आधुनिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (AI), क्लाउड कम्प्युटिङ, तथा Internet of Things -IoT जस्ता प्रविधिको प्रयोग गर्दै आएको छ। यसका उत्पादनहरू घर, कार्यालय, उद्योग, बैंक, विद्यालय, होटल, विमानस्थल तथा सार्वजनिक स्थानहरूको सुरक्षा व्यवस्थापनमा व्यापक रूपमा प्रयोग गरिन्छ। ब्राण्डको विशेषता भनेको उच्च गुणस्तरको भिडियो, रातमा पनि स्पष्ट दृश्य दिने Night Vision प्रविधि, रिमोट मोनिटरिङ, तथा मोबाइल एपमार्फत निगरानी गर्न सकिने सुविधा हो।




कर्णाली समय । २ जेष्ठ २०८३, शनिबार १७:४५