प्रदेश योजना आयोगका पदाधिकारीले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले विहीबार आयोगको उपाध्यक्ष सूर्यनाथ योगी, सदस्यद्धय अशोकनाथ योगी र डम्बरबहादुर रावललाई शपथ खुवाएका हुन् ।

प्रदेश सरकारको बुधबार बसेको बैठकले पदाधिकारी नियुक्त गरेको हो । कर्णाली प्रदेशको दुरगामी विकासको अवधारणा तयार गर्ने, उद्देश्य तथा लक्ष्य निर्धारण गर्ने, दीर्घकालीन र अल्पकालन नीति तर्जुमा गर्न र प्रदेशस्तरका महत्वपूर्ण नीति, कार्यक्रम र आयोजनाहरुको अनुगमन गरी प्राप्त सूचनाहरुको अध्ययन एवं विश्लेषण गरी प्रदेश सरकारलाई आवश्यकता अनुसार सल्लाह, सुझाव र सहयोग प्रदान गर्ने विज्ञ समूहको रुपमा प्रदेश योजना आयोगले काम गर्दछ ।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ बमोजिम आयोगमा मुख्यमन्त्री अध्यक्ष, प्रदेश सरकारबाट नियुक्त एक जना विज्ञ उपाध्यक्ष, प्रदेश सरकारबाट नियुक्त बढीमा दुई जना विज्ञ सदस्य, प्रमुख सचिव सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहने प्रावधान छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,