कर्णालीमा मनसुनजन्य विपद् : पाँचको मृत्यु, १७ घाइते

सुर्खेत- कर्णाली प्रदेशमा मनसुनजन्य विपद्मा परी पछिल्लोपटक ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो, चट्याङलगायतका घटनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार असार १७ गते जाजरकोटमा पहिरोले घर भत्किँदा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको थियो । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढेसँगै बाढीले बगाउँदा सुर्खेतको सिम्ता गाउँपालिका–९, कि ७ वर्षीया मनिषा वादीको मृत्यु भयो । गाउँको कुदाल खोलामा आएको बाढीले उनलाई बगाएको थियो ।

मनसुन सक्रिय भएयता प्रदेशभर १४२ वटा विपद्का घटनाहरू भएका छन् । उक्त घटनामा परी ५ जनाको मृत्यु र १७ जना घाइते भएका हुन् । त्यस्तै ७२ वटा पशु चौपायाको मृत्यु भएको छ भने १३४ वटा भौतिक पूर्वादारहरूमा क्षति पुगेको छ । प्रहरीका अनुसार उक्त अवधिका विपद्का घटनामा अनुमानित १ करोड ३६ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ ।

यहाँको अधिकांश भू–भाग पहाडी क्षेत्र भएकाले यहाँ पहिरोको जोखिम सबैभन्दा बढी रहेको छ । कर्णालीमा यस वर्ष ५० हजार ४ सय ६४ जनसङ्ख्या मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने आकलन गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,