काठमाडौंका सुकुम्बासीलाई हटाउन खोजेको भन्दै कांग्रेस नेता प्रकाशमान सिंहको आपत्ति

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छ । यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनको जिकिर छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ जागृतीनगरको बस्तीमा बिहिबार बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनको सुझाव नआएसम्म प्रतीक्षा गर्नुपर्ने बताए।

बागमती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ती जनाउँदै उनले भने, ‘बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिएको हुन्छ, ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतीक्षामा बस्नुपर्छ।’

अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्बासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने सिंहको भनाइ छ।

आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने कुरा विश्वस्त रहन आग्रह गरेका छन्।

सुकुम्बासी र भूमिहीनका इच्छा, आकांक्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘तपाईंहरुले कत्तिको ख्याल गर्नु भएको छ, मैले यो कुरा संसदमा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु ।’

उनले भूमिहीन र सुकुम्बासीहरुको समस्याको समाधान आफूहरुले मात्रै गर्ने सक्ने जिकिर गरे। ‘कुन चाहिँ उम्मेदवारलाई जिताउँदाखेरी आफ्नो भविष्य राम्रो हुन्छ भन्ने लेखाजोखा गरेर मंसिर ४ गतेको दिन कांग्रेसलाई रुख चिह्नमा मतदान गर्नुहोला,’ सिंहले भने।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,