वीरेन्द्रनगरमा अब ‘हेलो मेयर’ कार्यक्रम

सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाले आर्थिक २०८०÷८१ मा सेवाग्राहीलाई लक्षित गरी हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार वार्षिक नीति तथा कार्यक्रम गर्दै नगर प्रमुख मोहनमाया ढकालले सेवाग्राहीको गुनासो, जिज्ञासा सुन्न र सोको सम्बोधन गर्न हेलो मेयर कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।

त्यसका लागि टोलफ्रि नम्बरको व्यवस्था गरिनेछ । अनलाइन माध्यमबाट गुनासो व्यवस्थापन प्रणालीका लागि एप्स लागू गरिनेछ ।नगर प्रमुख ढकालले सबै वडाका कार्यालयबाट टोलफ्रि नम्बरको स्थापना गरी गुनासो सम्बोधन गरिने बताइन् ।

सार्वनजिक नीति तथा कार्यक्रम अनुसार एकिकृत डिजिटल सेवा प्रवाह प्रणाली लागु गरी नागरिकले घरबाटै सेवा लिन सक्ने प्रणालीको सुरुवात गरिने, नगरपालिकाबाट प्रवाह हुने योजना, लेखा, नक्सा, राजस्व लगायतका महत्वपूर्ण सबै सेवामा सफ्टवयर निर्माण गरी कागजविहिन प्रणाली बनाउन विधुतीय प्रणालीलाई अधिकतम जोड दिने, मेरो कार्यालय, मेरो जिम्मेवारी अभियान सञ्चालन गरी कार्यालय परिसर र कार्यकक्षको सरसफाइ, असल सिकाई आदान प्रदान मार्फत समृद्ध वीरेन्द्रनगरको सपना साकार बनाउन कर्मचारीहरुको पेशागत समर्पण, सिर्जनात्मक सोच र प्रतिभा प्रस्फुटन हुने लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

हाम्रो नगर राम्रो नगर अभियान अन्तर्गत चौमासिक रुपमा नगरका गतिविधिहरु समावेश भएको बुलेटिन प्रकाशन, रेडियो कार्यक्रम तथा टेलिभिजन कार्यक्रम उत्पादन गरी नागरीकको सूचनाको हकको प्रवर्द्धन गरिनेछ । साथै नगरपालिकाको आफ्नै युट्युब च्यानल मार्फत महत्वपुर्ण गतिविधिहरुको प्रसारण गरिनेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,