मुख्यमन्त्री शर्मालाई तेस्रोपटक विश्वासको मत

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिनुभएको छ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।

मुख्यमन्त्रीको प्रस्तावको पक्षमा उहाँको दल नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, एकिकृत समाजवादी र स्वतन्त्रका एक एक गरी २९ सांसदले मतदान गर्नुभयो । त्यस्तै विपक्षमा एमालेका ९ र राप्रपाका १ गरी १० सांसदले मतदान गर्नुभयो । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग्नुभएको हो । यसअघि माघ ६ गते पहिलोपटक तथा राप्रपाले समर्थन फिर्ता लिएपछि चैत १७ गते मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यतिबेला एमालेले पक्षमा मतदान गरेको थियो ।

केन्द्रमा कांग्रेस माओवादी केन्द्रको पुनः सत्ता समीकरण बनेपछि एमाले प्रदेश सरकारबाट बाहिरिँदै मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेले चैत २७ गते सर्मथन फिर्ता लिएको थियो । मुख्यमन्त्री शर्माले प्रदेशसभाको आफूप्रति विश्वास छ भनी राखेको प्रस्तावमाथिको छलफलमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले दलका नेता यामलाल कंडेल, माओवादी केन्द्रका सांसद विन्दमान विष्ट, राप्रपाका सन्तोषी शाही, एकिकृत समाजवादीका कल्याणी खड्का र स्वतन्त्र सांसद देबेन्द्रबहादुर शाहीले भाग लिनुभएको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,