जिफन्ट नेतृ सीता लामा भन्छिन्, ‘लैंगिक समानताको आन्दोलन पुरुषविरुद्ध नभई पितृसत्ताविरुद्ध हो’

सुर्खेत– संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियूसीसी) कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा एकदिने प्रदेशस्तरीय श्रमिक महिला सेचना कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश संयोजक तथा जिफन्ट प्रदेश कमिटी अध्यक्ष तेजप्रकाश जिसीको अध्यक्षतामा विहीबार सञ्चालन भएको कार्यक्रममा महिला हिंसा, लैंगिक समानता र ट्रेड युनियन आन्दोलनमा महिला सहभागिताबारे प्रशिक्षण दिइएको थियो ।


कार्यक्रममा जेटियूसीसी महिला समिति पूर्व अध्यक्ष, जिफन्ट राष्ट्रिय उपाध्यक्ष तथा महिला प्रमुख सीता लामा र जेटियूसीसी महिला समिति सदस्य तथा टुकोन महिला प्रमुख कर्मा डोल्कर गुरुङले प्रशिक्षण दिए । प्रशिक्षक लामाले कोरा महिलावाद होइन, वर्गीय सोच सहितको महिलावादको एजेण्डालाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरिन् । उनले जेण्डर समानताको आन्दोलन पूरुषविरुद्ध होइन, पितृसत्ता विरुद्ध हो भन्ने धारणाबाट श्रमिक महिलाहरु जुर्मुराउनुपर्ने उत्प्रेरणा दिइन् ।

अर्का प्रशिक्षक गुरुङले कार्यथलोमा हुने महिला हिंसाका स्वरुपहरु फेरिदै गएकाले यसविरुद्ध सचेत भई मर्यादित असल श्रम सम्बन्ध विकासमा महिलाहरु सचेत हुनुपर्ने बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक जिसीले सामाजिक बनोट, मान्यता, परम्परा, धर्म, संस्कृति, पेशा र रोजगारका आधारमा हुने लैंिगक विभेदलाई न्यूनिकरण गर्न र समतामूलक समाज रुपान्तरणमा श्रमिक महिलाहरु सेचत भई लाग्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

कार्यक्रममा जेटियूसीसीसँग आवद्ध सात वटा महासंघका ३५ जनाको महिला नेतृत्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एनडिफन्टका केन्द्रीय सचिव सन्तोषकुमार राईको समेत सहभागिता रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,