सानीभेरीमा वाइसिएलद्वारा १५ अस्थायी आवास निर्माण

सुर्खेत– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ४ गोलचौरमा वाइसिएलको टोलीले भूकम्पपीडितका १५ अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ । वाइसिएल केन्द्रीय सदस्य तथा माओवादी केन्द्र हुम्लाका युवा नेता लोकेन्द्रबहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले चार दिनमा १५ टहरा निर्माण गरेको हो ।


वाइसिएल टोलीले भूकम्पले भत्किएका संरचनाबाट महत्वपूर्ण सरसामान व्यवस्थापन गर्नुका साथै ढुंगा, काठ लगायत पन्छाउने काम गरेको छ । टोली नेता शाहीले भत्किएका घरहरुका सरचना हटाएर थप अस्थायी टहरा निर्माण गरि हस्तान्तरण गर्ने काम जारी नै रहेको बताए । भूकम्पपीडितलाई त्रिपालको चिसोबाट जोगाउन अस्थायी आवास गृहले धेरै मद्दत गर्ने हुँदा आवास गृह निर्माणमा जोड दिएको उनको भनाई छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,