मध्यपश्चिम विश्वविद्यालय : अनेरास्ववियुले खोल्यो, आंशिक प्राध्यापकहरुको तालाबन्दी

सुर्खेत–अनेरास्ववियुले मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका विभिन्न ग्रयाजुएट स्कूलहरूमा आंशिक प्राध्यापकहरुले लगाएको ताला फोडेको छ । आंशिक प्राध्यापकहरुले फागुन १८ गतेदेखि लगाएको ताला अनेरास्ववियूले आज फोडेको हो ।

विद्यार्थीहरूको पठनपाठन र प्रशासनिक कार्यमा अवरोध सिर्जना गरेको भन्दै अनेरास्ववियु केन्द्रीय कमिटी, राष्ट्रिय कमिटी र केन्द्रीय क्याम्पस कमिटीको अगुवाईमा तालारहित विश्वविद्यालय बनाउने अभियान अन्र्तगत लगाइएका तालाहरु फोडिएको जनाइएको छ । आंशिक प्राध्यापकहरुले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनमा लगाएको ताला भने निमित्त उपकुलपतिको पदभार ग्रहणलाई सहज हुने भन्दै अनौपचारिक वार्ता बसी मंगलबार ताला खोलिएको थियो ।

विश्वविद्यालयका सह–इन्चार्ज आशिषकुमार रेग्मीले विद्यार्थीका दैनिक काम कारबाहीसंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विभागहरुमा ताला नखोली विश्वविद्यालयलाई अस्तव्यस्त बनाउने मनसाय कायमै रहेकाले आफूहरुले ताला फाडेको जानकारी दिए । “विश्वविद्यालयको शैक्षिक प्रशासनिक उन्नयन नहुने र अनेरास्ववियु सधैं मुकदर्शक नबन्ने भन्दै ताला फोडिएको हो,” उनले भने ।

तालारहित विश्वविद्यालय कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा विश्वविद्यालय सह–इन्चार्ज आशिषकुमार रेग्मी, अनेरास्ववियु कर्णाली प्रदेश कोषाध्यक्ष जगतजंग शाही, विश्वविद्यालय राष्ट्रिय कमिटी सह संयोजकहरु सचिन तिमिल्सेना र भूपेन्द्र भण्डारी, केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष नरेशजंग राना, उपाध्यक्ष अनमोल शाही, सह–सचिव प्रकाश काफ्ले, जे पी पोख्रेल, तथा विश्वविद्यालयका अनेरास्ववियुका नेताहरु मनिष चन्द, सुशानजंग क्षेत्री, लोकेन्द्रनाथ योगी, ज्योतिखर शर्मा लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,