श्रमाधान मेलाले आन्तरिक रोजगारी प्रर्वद्धनको आधार तयार पार्नेछ : श्रममन्त्री अर्याल

सुर्खेत- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रर्वद्धनको आधार तयार पार्ने बताए ।

शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले मेलाले रोजगारदाता र श्रमिक बीच मध्यस्थकर्ताको भूमिका खेल्ने बताएका हुन् । मन्त्री अर्यालले अथाह सम्भावना रहेको कर्णाली प्रदेशको विकासका लागि संघीय सरकारले ढोका मात्रै ढकढकाउने काम गर्ने बताए । “कर्णाली विकासको ढोका खोल्ने काम आफैले गर्नेछ,” उनले भने ।

कर्णाली प्रदेशका  मुख्यमन्त्री यमलाल कँडेलले श्रमिक र रोजगारदाता बीच सेतुको रुपमा आयोजित श्रमाधान रोजगार मेलाको आयोजना गरेको प्रति मन्त्रालयलाई धन्यवाद दिए । मेलाले सरोकारवालाई एकै ठाउमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको यो श्रमाधान मेलाको पूर्ण सफलताको पनि कामना गरे ।

मुख्यमन्त्री कँडेलले नेपालको युवा शक्तिलाई मुलुक भित्र टिकाई राख्न नेपालको शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने बताए । यद्यपी कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका लागि धेरै योजना अघि सारेको पनि बताए । त्यस्तै, कर्णाली प्रदेशका मन्त्री दुर्गा बहादुर राउतले नेपाली नागरिकसँग परम्परागत सीप भएपनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्यांकन नभएको बताए । “नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ । यो सीप इन्जियनियरको भन्दा कम छैन । तर, यो सीपले प्रमाणपत्र पाउन सकेको छैन । जसका कारण सीप भएका नेपाली युवाको पहिचान र मूल्यांकन हुन सकेको छैन,” उनले भने ।

वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरको पार्क, बगैचा र चोकमा थुप्रिएका युवाको भिड, उनीहरुको सामाजिक सन्जालमा सजिएका फोटा र टिकटले हाम्रा लागि नीति बनाउन भनेर सरकारलाई घचघचाई रहेको बताईन् ।  उनले भनिन, कर्णाली आफैमा सम्पन्न छ, त्यसैले आगामी दिनमा कर्णाली दुर्गम र गरिब छ भन्ने भाष्य परिवर्तन गर्नुपर्छ । स्थानीय सरकारसँग मिलेर केन्द्रिय सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आगामी दिनमा रोजगारी सृजनाको अवसर र आर्थिक समुन्नती ढोका खोल्नमा सहयोग पुग्ने विश्वास लिएको उनको भनाई थियो ।

मेलामा सरकारी तथा नीजि क्षेत्रको गरी ४० वटा स्टल राखिएका छन् । त्यस्तै, विभिन्न  कार्यशाला, सास्कृतिक कार्यक्रम पनि आयोजना गरिने बताएको छ । मेला सुर्खेत वीरेन्द्रनगरको सिटीहलमा भोलिसम्म सञ्चालन हुनेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,