लेखा समूहका कर्मचारीहरुको सरुवा, नेपाल निजामति कर्मचारी संगठनको असन्तुष्टि

सुर्खेत– आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार लेखा समूहका कर्मचारीहरुको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा लेखा समूहका आठौं, सातौं, छैटौं, पाँचौ र चौथो तहका ७५ जनालाई विभिन्न मन्त्रालय र कार्यालयहरुमा सरुवा गरेको हो ।


आठौं तहका लेखा अधिकृत मानबहादुर ठाडाको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना कार्यालयमा सरुवा भएको छ । उनी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए । आठौं तहकै लेखा अधिकृत नन्दप्रसाद पाण्डेको प्रदेश लेखा इकाई जुम्लामा सरुवा भएको छ । उनी पूर्वाधार विकास कार्यालयमा कार्यरत थिए । त्यस्तै सातौं तहका लेखा अधिकृत मानबहादुर सुनारको प्रदेश अस्पताल सुर्खेत, धनप्रसाद शर्माको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सुरेन्द्रबहादुर शाहीको कृषि विकास निर्देशनालय, बखतबहादुर शाहीको पूर्वाधार विकास निर्देशनालय, यामबहादुर बिसीको स्वास्थ्य सेवा निर्देशनालय, यमुना श्रेष्ठको शिक्षा विकास निर्देशनालय, मिलनकुमार शर्माको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, दिपेन्द्र मगरातीको प्रदेश लेखा नियन्त्रक कार्यालय, उत्तमकुमार बस्नेतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रवीण सारुको मानव संशाधन विकास केन्द्र सरुवा भएको छ ।

हेनुर्स, को कहाँ सरुवा भए ?

उता, नेपाल निजामति कर्मचारी संगठनले सरुवा तथा पदस्थापनासम्बन्धी आर्थिक मामिला तथा योजना मन्त्रालयको निर्णयप्रति आपत्ति जनाएको छ । मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ विपरित सरुवा गरेको संगठनको आरोप छ । सरुवा सम्बन्धी मापदण्डको दफा ६ मा प्रदेशको विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी कार्यबोझ, कार्य प्रकृति एवं कर्मचारीहरुको अवधि पूरा भएका कर्मचारीलाई चक्रीय प्रणालीमा सरुवा गर्ने गरी अनुसूचीमा समेत व्यवस्था गरिएको छ । मन्त्रालयले कर्मचारीहरुको सरुवा गर्दा मापदण्ड, नीति, विधि र पद्धति विपरित आस्था, दबाब र प्रभावका आधारमा गरिएको भन्दै संगठनले आपत्ति जनाएको हो ।

पाँच वर्षदेखि एउटै कार्यालयमा बसिरहेका कर्मचारीहरुको सरुवा नगरेको, अवधि नपुगेको कर्मचारीको सरुवा गरेको, सुगमबाट सुगमकै अर्को कार्यालयमा सरुवा गरिएको र मापदण्डको खण्ड ‘क’ का कार्यालयबाट ‘क’ मा नै सरुवा गरिएको बताइएको छ ।
अर्थ मन्त्रालयको सरुवासम्बन्धी मापदण्ड यस्तो छ ः



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,