मध्यपश्चिम विश्वविद्यालयको १५ औं सभा सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयको १५ औं सभा बैठक (सिनेट) ले चालू आवको कार्यक्रम तथा बजेट पारित गरेको छ । प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार काठमाडौंमा मंगलबार सम्पन्न सभामा विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले नीति तथा कार्यक्रम र बजेट पेश गरे ।


उपकुलपति गौतमले विश्वविद्यालयमा २०७४ सालपछि कुनै पनि नयाँ दरबन्दी स्वीकृत नभएको तर २०७४ साल यता थुप्रै कार्यक्रम तथा विषयहरु थपिएकाले आवश्यक दरबन्दी नहुँदा जनशक्ति उत्पादनमा कठिनाई भएको बताए । रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले गत आव २०८०/०८१ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव पेश गरे । साथै सभामा आव २०८१/०८२ को प्रस्तावित बजेट सहितको कार्यक्रम सम्बन्धी प्रस्ताव तथा आर्थिक–प्रशासनिक नियमावली संशोधन सम्बन्धी प्रस्ताव पेश गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयले भौतिक एवं शैक्षिक क्षेत्रमा प्रगति गर्दै समग्र कर्णाली प्रदेश र देशको शैक्षिक विकासमा उल्लेख्य भूमिका निर्वाह गरेकोमा प्रंशसा व्यक्त गरे । कर्णालीको प्राकृतिक, मौलिक, सांस्कृतिक र समग्र स्रोत साधनको उच्चतम उपयोग गर्दै विश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रुपमा आफ्नो भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।

सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति विद्या भट्टराई, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल, सांसदहरु, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य, मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्य, अर्थ सचिव, शिक्षा सचिव, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लगायत विश्वविद्यालयका सभासदहरुको उपस्थिति थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,