कर्णाली मन्त्रिपरिषद् बैठक : तीन सचिवले पाए नयाँ ओएण्डएम कार्यान्वयनको जिम्मेवारी

सुर्खेत- कर्णाली प्रदेश सरकारद्वारा गठित संगठन संरचना अध्ययन उच्चस्तरीय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदन कार्यान्वयन तथा सहजीकरण गर्न मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ समिति गठन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा गठित उक्त समितिमा कानुन सचिव वीरेन्द्र केसी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रबिलाल शर्मा सदस्य रहेका छन्।

त्यस्तै, उपसचिव विधाप्रसाद उपाध्यायलाई समितिको सदस्य-सचिव तोकिएको छ।  प्रदेश सरकारले संगठन संरचनालाई अझ प्रभावकारी बनाउँदै कार्यान्वयनका चरणहरू अघि बढाउने उद्देश्यले यो समिति गठन गरेको हो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,