कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

सुर्खेत– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो ।

दीक्षान्तका साथै सभा, शैक्षिक भवन उद्घाटन कार्यक्रम राखिएको थियो । प्रतिष्ठानले स्थगित दीक्षान्त समारोह कात्तिक २८ गते हुने जनाएको छ । अचानक स्थगित हुँदा जुम्ला पुगिसकेका विद्यार्थी, सिनेट सदस्यहरु, अभिभावक, सरोकारवाला लगायत निराश भएका छन् । रजिष्ट्रारको कार्यालयले विज्ञप्तीमार्फत दीक्षान्त समारोह स्थगित भएपनि आँखा उपचार केन्द्र उद्घाटन र विश्व स्वास्थ्य संगठनबाट प्राप्त इएमआर सिस्टम हस्तान्तरण कार्यक्रम भने सञ्चालन हुने जनाएको छ ।

१३ वर्ष अघि स्थापना भएको प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,