सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश प्रदेश सभापतिमा मदन खड्का चयन भएका छन् । शनिबार वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेश विशेष भेलाले खड्काको प्रदेश संयोजकत्वमा कमिटी पुर्नगठन गरेको हो ।
समितिको उपसभापतिमा प्रेम बोहरा, महासचिव ललितकुमार चन्द, सचिव एवं प्रवक्तामा हरिप्रसाद अधिकारी, कोषाध्यक्ष स्नेहा उपाध्याय चयन भएका हुन । त्यस्तै सदस्यहरुमा सुनिता विक, निर्मला सापकोटा, ऋषि पाण्डे र बुदे बुढा चयन भएका हुन ।
नयाँ नेतृत्वलाई रास्वपा सभापति रवि लामिछाने शपथग्रहण गराएका थिए ।
कर्णाली समय । १६ भाद्र २०८१, आईतवार ११:३५