मध्यपश्चिमको उपकुलपतिमा प्रा.डा.ध्रुवकुमार गौतम नियुक्त

सुर्खेत- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतमलाई नियुक्त गरेका हुन् ।

गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् । सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो । छनोट तथा सिफारिस समितिले प्रा.डा.ध्रुवकुमार गौतम, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो ।

समितिले १२ र १३ वैशाखमा उम्मेदवारको प्रस्तुति तथा अन्तर्वार्ता सञ्चालन गरेको आधारमा सिफारिस गरेको थियो । समितिले सिफारिस गरेकामध्ये योग्यताक्रमको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,