माओवादी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्ण जिसी नियुक्त

सुर्खेत- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर जिसी नियुक्त भएका छन् । संसदीय दल नेता राजकुमार शर्माले सोमबार जिसीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रमुख सचेतक रहेका सांसद रणसिं परियार वर्तमान सरकारमा जलस्रोत तथा ऊर्जामन्त्री छन् । परियार मन्त्री भएपछि लामो समय यो पद रिक्त थियो । जिसी माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष हुन । २०७९ को निर्वाचनपछि माओवादी कांग्रेस गठबन्धनबाट राजकुमार शर्मा नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए ।

उनी सुर्खेत १ (ख) बाट निर्वाचित सांसद हुन ।