होटल सिद्धार्थमा कर्णालीको गौरवगाथा गुञ्जिदै, न्यु इअर इभ आस्था राउतको लाइभ शो

सुर्खेत- सुर्खेतस्थित होटल सिद्धार्थले अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबार राति विशेष ‘न्यु इअर इभ’ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा चर्चित गायिका आस्था राउतको विशेष सांगीतिक प्रस्तुति रहने होटल सिद्धार्थले जनाएको छ ।

कर्णाली प्रदेशकै स्रष्टा माधव चौलागाईद्वारा लेखिएको तथा कर्णालीको पहिचान, संघर्ष र आत्मसम्मान झल्काउने गीत ‘जुरुक्क उठ्छ कर्णाली’ गाएर व्यापक चर्चा कमाएकी आस्था राउतको प्रस्तुति कर्णालीबासी दर्शक–श्रोताका लागि विशेष आकर्षणको रूपमा रहने अपेक्षा गरिएको छ । आस्था राउतले ‘मत नेपालकी छोरी’, ‘जुरुक्क उठ्छ कर्णाली’ लगायत थुप्रै मन छुने, राष्ट्रिय भावना र सामाजिक चेतनाले भरिएका गीतहरू गाएर नेपाली संगीत क्षेत्रमा आफ्नै पहिचान बनाइसकेकी छिन् । उनका गीतहरूले नेपाली समाज, संस्कृति र पहिचानलाई कलात्मक रूपमा प्रस्तुत गर्ने भएकाले उनको प्रस्तुति कर्णालीबासीका लागि थप गर्वको विषय बन्ने विश्वास आयोजकको छ ।

होटल सिद्धार्थले विगतका वर्षहरूदेखि नेपाली नयाँ वर्ष तथा अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा निरन्तर रूपमा न्यु इअर इभ कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै अझै भव्य र स्तरीय कार्यक्रमको तयारी गरिएको होटल सिद्धार्थका ब्रान्च म्यानेजर कृष्णराम तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा आस्थासंगै चर्चित डीजे अशु, लोकप्रिय उद्घोषक कुमारशम्शेर थापा तथा ‘द समय ब्याण्ड’को समेत प्रस्तुति रहनेछ । विभिन्न विधाका प्रस्तुति समेटिएको यस कार्यक्रममा संगीत, मनोरञ्जन र सांस्कृतिक रंग मिसिएर दर्शकलाई अविस्मरणीय अनुभव दिलाउने लक्ष्य राखिएको छ ।

कर्णालीबासीको गौरवगाथा, संघर्ष र पहिचान समेटिएका गीतलाई विशेष फोकस गरेर कर्णालीको सांस्कृतिक तथा सांगीतिक पक्षलाई अझै उचाइमा पु¥याउने उद्देश्यले गायिका आस्था राउतलाई आमन्त्रण गरिएको तिमिल्सेनाले बताए । यस कार्यक्रमले कर्णालीको कला, संस्कृति र संगीतलाई राष्ट्रिय स्तरमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ वर्षको स्वागतसँगै आयोजना हुने यस विशेष कन्सर्टले सुर्खेत तथा आसपासका क्षेत्रका दर्शक–श्रोतालाई मनोरञ्जनसँगै सांस्कृतिक गर्वको अनुभूति दिलाउने विश्वास लिइएको छ । सिद्धार्थ होटेल सुर्खेतमै सबैभन्दा धेरै ६२ रुम भएको पहिलो चार तारे होटेल हो । सिद्धार्थ ग्रुप अन्तर्गत देशभरका विभिन्न होटेल, रिर्सोट, क्याफेसहित ३० भन्दा बढी आउटलेटहरु सञ्चालन गर्दै आएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,