प्रदेश रंगशालाको ६० प्रतिशत निर्माण सम्पन्न

सुर्खेत– वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाको ६० प्रतिशत निर्माण कार्य पुरा भएको छ ।

कर्णाली प्रदेश खेलकूद विकास परिषद्द्धारा आइतबार आयोजित पत्रकार सम्मेलनमा रंगशालाको ६० प्रतिशत भौतिक र ४६ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाइएको हो । यो रंगशाला निर्माणलाई कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा अघि बढाएको छ ।

परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले रंगशाला थ्री डि एनिमेसन दर्शक प्याराफिटमा ४ हजार कुर्सी जडानको कार्य सकिएको र भिआइपी तर्फको प्याराफिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा जानकारी दिए । उनका अनुसार फिनिसिङ्ग र छाना निर्माणको कार्य बाँकी छ । रंगशाला निर्माण कार्यमा हालसम्म ६५ करोड ८५ लाख रुपैयाँ खर्च भएको छ । यो भनेको कूल लागतको ४६ प्रतिशत प्रगति हो ।

परिषद्ले आव २०७९/८० को असार २३ गतेसम्म चालू तर्फ ३ करोड ७२ लाख १५ हजार र पूँजिगत तर्फ ६१ करोड ७ लाख ५६ हजार गरी जम्मा ६४ करोड ७९ लाख ७१ हजार खर्च भएको जनाएको छ । आगामी आवमा प्रदेश खेलकुद अन्तर्गत चालु तर्फ ८ करोड ३२ लाख ७६ हजार र पूँजिगत तर्फ ९१ करोड ८७ लाख गरी जम्मा १ अर्ब १९ लाख ७६ हजार विनियोजन भएको छ । प्रदेश सरकारले आगामी आवका लागि प्रदेश रंगशाला निर्माणमा ८५ करोड तथा दशौँ राष्ट्रिय खेलकुद तयारीको लागि ७० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै कर्णालीका अन्य जिल्लाहरुमा रंगशाला निर्माणका लागि बजेट छुट्याएको छ ।

परिषद्का अनुसार कभर्ड हलको छाना बाहेक फिनिसिङ्ग कार्य भइरहेको र पौडी पोखरी, व्यवसायिक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्न हुने चरणमा रहेको छ । फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको कार्य भइरहेको, एथलेटिक्स ट्रयाकको सब बेस र नाली निर्माण कार्य सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य भइरहेको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रदेश रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न हुने दाबी गरे ।

२०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा २ अंकको स्वर्ण पदक सहित उत्कृष्ट खेल प्रदर्शनीको लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औ बोर्ड बैठकले कर्णाली प्रदेशका खेलहरूलाई क, ख र ग श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । क श्रेणीमा एथलेटिक्स, उसु, आइटिफ, कराँते र तेक्वान्दो, ख श्रेणीमा ७ बक्सीङ, फुलकन्ट्याकट कराँते, जुडो, हक्की, रग्वी, हेन्डवल र बास्केटवल, ग श्रेणीमा १० वटा कवडी, क्रिकेट, खोखो, व्याडमिन्टन, भलिवल, भारोतलोन, फुटवल, सुटिङ, सेपाताको र पौडीखेललाई वर्गीकरण गरिएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,