सुर्खेतमा सेवा निवृत्त शिक्षक समाज गठन

सुर्खेत– सेवा निवृत्त शिक्षकहरुको साझा संगठन नेपाल निवृत्त शिक्षक समाज सुर्खेत समिति गठन भएको छ । जन नमूना माविको हलमा ज्येष्ठ सदस्य खडानन्द शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न प्रथम भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।


तदर्थ समितिको अध्यक्षमा डम्मर ढकाल, उपाध्यक्षमा जगतमाया शर्मा, मातृकाप्रसाद अधिकारी, सचिवमा खड्कप्रसाद गौतम र कोषाध्यक्ष गोविन्द शर्मा अधिकारी चयन भएका छन् । सदस्यहरुमा जितबहादुर रामजाली, यामलाल घिमिरे, कुमारबहादुर ढकाल, प्रेमप्रसाद पौडेल, प्रेमप्रसाद गौतम, डिल्लीराम शर्मा र शान्तिप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् ।

भेलालाई पेशागत महासंघका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज शिवप्रसाद सापकोटा, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तीर्थजंग शाही, पुराना शिक्षक मिनबहादुर केसी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।  तदर्थ समितिका अध्यक्ष डम्मर ढकालले ६ महिनाभित्र साधारणसभा तथा अधिवेशन बोलाएर नयाँ कार्य समिति चयन गरिने जानकारी दिए । सेवा निवृत्त शिक्षकहरुको शिक्षा क्षेत्रमा हासिल ज्ञान, सीप, अनुभवलाई राज्यका निकायले उपयोग गर्नुपर्ने उनको भनाई छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,