राष्ट्रिय भलिबलको उपाधिका लागि एपिएफ र पुलिस क्लब भिड्ने

सुर्खेत– वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि बिहीबार दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । बुधबार भएको सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लब र एपिएफले गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

उपाधि दाबेदार मानिएको आर्मीलाई पुलिसले ३–० ले हराउँदै उपाधिको नजिक पुगेको हो । निकै प्रतिष्पर्धात्मक बनेको पहिलो सेट पुलिसले आर्मीलाई २५–२१ मा पराजित गर्दा दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा ४–४ को बराबरीबाट लगातार ९ अंक जोड्दै अघि बढेको पुलिसले सहजै आफ्नो पक्षमा पारेको थियो । त्यसपछि निकै दबाबमा रहेको आर्मीलाई २५–१९ मा पाखा लगाउँदै पुलिसले एपिएफसंगको भेट पक्का गरेको हो ।

त्यस्तै एपिएफले गण्डकीलाई २५–२३,२५–२० र २५–१५ ले पराजित गर्दै उपाधि नजिक पुग्यो । पहिलो सेटमा एक समय १०–९ को अग्रता बनाएको गण्डकीले त्यसलाई जोगाउन नसक्दा खेल गुमाउनुप¥यो । तेस्रो स्थानको लागि गण्डकी प्रदेशबीच त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,